दफा ६८
जगेडा कोष
: (१) सहकारी संस्थामा एक जगेडा कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकम रहने छन् :–
(क)  आर्थिक वर्षको खुद बचत रकमको कम्तीमा पच्चीस प्रतिशत रकम,
(ख)    कुनै संस्था, सङ्घ वा निकायले प्रदान गरेको पूँजीगत अनुदान रकम,
(ग)  स्थिर सम्पत्ति बिक्रीबाट प्राप्‍त रकम,
(घ)  अन्य श्रोतबाट प्राप्‍त रकम ।
(३) उपदफा (१) बमोजिमको कोषको रकम अविभाज्य हुनेछ ।